समानुपातिक मतगणना अन्तिम चरणमा, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोग का अनुसार बुधबार बिहान १०:३० बजेसम्म १ करोड ७ लाख ३९ हजार ३१ मत गणना सम्पन्न भएको छ।
हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख ३९ हजार १८९ मत प्राप्त गर्दै अग्रता कायम राखेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५६४ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख ४८ हजार ८४७ मत सहित तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले ८ लाख ५ हजार ७६५ मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ६४९ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४७१ मत प्राप्त गर्दै पछिल्ला प्रमुख दलमध्ये एकको रूपमा देखिएको छ।
यसैगरी अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी लगायतले पनि मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको र छिट्टै अन्तिम नतिजा सार्वजनिक गरिने तयारी भइरहेको छ।







