चितवन–२ बाट निर्वाचित रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चितवन–२ बाट निर्वाचित रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार खर्च विवरण पेश गरेका हुन्। चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवाली मार्फत बुझाइएको विवरणमा चुनावका क्रममा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन सम्पन्न भएपछि निश्चित समयसीमाभित्र आफ्नो चुनावी खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। सोही प्रावधानअनुसार लामिछानेले पनि आफ्नो खर्च विवरण बुझाएको जनाइएको छ।