सुनको मूल्य फेरि बढ्यो, प्रतितोला ३ लाख १९ हजार पुग्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुनको मूल्य फेरि बढ्यो, प्रतितोला ३ लाख १९ हजार पुग्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो। यससँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसअघि मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दिन सुनको मूल्य बढेसँगै बजारमा पुनः महँगो दरमा कारोबार सुरु भएको हो। यता चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार चाँदी अघिल्लो दिनकै मूल्यमा प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतार–चढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।