जनताको मन जिते पनि, मतमा सफलता हासिल हुन सकेनः कुलमान घिसिङ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत जित्न नसकेको स्वीकार गरेका छन्।
घिसिङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बताए कि लोडसेडिङ अन्त्यजस्ता काममार्फत जनताको मन जिते पनि यसपटक मतमा सफलता हासिल हुन सकेन। उनले चुनावमा छोटो समयमै जनताबाट प्राप्त माया, विश्वास र सद्भावलाई ठूलो ऊर्जा र मार्गदर्शनको रूपमा लिएको बताए।
उनले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको तर मत परिणाम आफूमाथि प्रभावकारी नपरेको स्वीकार गर्दै, आगामी दिनमा यही दृष्टिकोणलाई निरन्तरता दिने योजना रहेको पनि जनाएका छन्।







