स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख १७ हजार
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३८ सय रुपैयाँले बढेर ३ लाख १७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। प्रतितोला ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको छ, अघिल्लो कारोबार दिनमा मूल्य ५ हजार ४१० रुपैयाँ थियो। सुन–चाँदीको मूल्यमा आएको यो बढोत्तरीले बजारमा लगानीकर्ता र ग्राहकलाई प्रभाव पार्ने ब्यवसायीहरु बताउछन् ।












