रेफ्रीमाथि टिप्पणी गरेपछि रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रेफ्रीमाथि टिप्पणी गरेपछि रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौ । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना गरिएको छ।

द फुटबल एसोसिएसन (एफए)ले सोमबार जारी गरेको निर्णयअनुसार फेब्रुअरी १ मा भएको टोटनहम हटस्परविरुद्धको खेलपछि उनले दिएको अभिव्यक्ति खेलको नियम र आचारसंहिता विपरीत ठहर गरिएको हो।

एफएका अनुसार खेलपछि आयोजित पत्रकार सम्मेलनमा रोड्रीले रेफ्री तथा म्याच अफिसियलहरूको निष्पक्षतामाथि प्रश्न उठाउने टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिले अफिसियलहरूको प्रतिष्ठामा असर पर्ने भन्दै उनलाई आर्थिक जरिवाना गरिएको जनाइएको छ।

स्पेनका राष्ट्रिय टोलीका खेलाडीसमेत रहेका रोड्रीले खेलका रेफ्री रोबर्ट जोन्स निष्पक्ष नरहेको आरोप लगाएका थिए। त्यस खेलमा टोटनहम हटस्परका फरवार्ड डोमिनिक सोलांकेलाई दिइएको गोल विवादास्पद रहेको भन्दै रोड्रीले असन्तुष्टि व्यक्त गरेका थिए।

एफएले खेलका अफिसियलमाथि अनुचित टिप्पणी गरेको निष्कर्ष निकाल्दै उनलाई ८० हजार पाउन्ड जरिवाना तिराउने निर्णय गरेको जनाएको छ।