काठमाडौंको वायु प्रदूषण 'अति अस्वस्थकर’, विश्वमा दोस्रो स्थान

User Image Prime TV News ३ हप्ता अगाडि
Image of काठमाडौंको वायु प्रदूषण 'अति अस्वस्थकर’, विश्वमा दोस्रो स्थान

काठमाडौ । देशभर वायु प्रदूषणको स्तर उच्च बनेको छ। मंगलबार बिहान गरिएको मापनअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो स्थानमा पुगेको छ।

स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार मंगलबार बिहान ९ः४५ बजे गरिएको मापनमा काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१३ पुगेको छ। यो स्तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार ‘अति अस्वस्थकर’ श्रेणीमा पर्छ।

अहिले विश्वका प्रदूषित सहरमध्ये भारतको दिल्ली पहिलो स्थानमा रहेको छ, जहाँ एक्यूआई २९८ पुगेको छ। यसबीच नेपालका केही स्थानमा वर्षा भए पनि वायु प्रदूषणमा उल्लेखनीय कमी नआएको विज्ञहरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागकाका अनुसार अहिले हावा अत्यन्तै कम चलेको, बाहिरी देशहरूबाट समेत प्रदूषण आएको र त्यो फैलिन नसकेकाले प्रदूषण उच्च बनेको हो। उनले हावा चलेर राम्रो वर्षा भए मात्रै वायुको गुणस्तरमा सुधार आउने बताएका छन्। बुधबारदेखि गड्याङगुडुङसहित वर्षा र हावा चल्ने सम्भावना रहेकाले प्रदूषण केही घट्न सक्ने बताईएको छ ।