समानुपातिकतर्फ जारी मतगणनामा रास्वपाको स्पष्ट अग्रता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट अग्रता कायम गरेको छ।
हालसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। यो गणना भएको कुल मतको ४७.९१ प्रतिशत हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ, जुन १६.२५ प्रतिशत हो।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १४ लाख ११ हजार ४२९ मत अर्थात् १३.५५ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ। यो कुल गणना भएको सदर मतको ७.३६ प्रतिशत हो।
यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत प्राप्त गर्दै ३.४४ प्रतिशत मत हासिल गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गर्दै ३.१२ प्रतिशत मत पाएको छ। समानुपातिकतर्फ मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदा दलहरूको मत प्रतिशतमा थप परिवर्तन हुन सक्ने निर्वाचन आयोगले जनाएको छ।







