धनुषा–१ मा मातृका यादवलाई आयोगले दियो निर्वाचितको प्रमाणपत्र

User Image Prime TV News ३ हप्ता अगाडि
Image of धनुषा–१ मा मातृका यादवलाई आयोगले दियो निर्वाचितको प्रमाणपत्र

काठमाडौ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन परिणाम विवादकाबीच सार्वजनिक भएको छ। निर्वाचन आयोगले नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचित घोषणा गर्दै प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

यो क्षेत्रको निर्वाचन परिणाम सुरुदेखि नै विवादमा परेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचनअघि नै खारेज गरिएपछि निर्वाचन प्रक्रिया विवादित बनेको थियो। उम्मेदवारी खारेज भए पनि साहको पक्षमा मतदाताबाट ठूलो समर्थन देखिएको थियो।

मतगणनाको क्रममा साहले सबैभन्दा धेरै मत प्राप्त गरेका थिए। उनले २० हजार ९ सय १६ मत ल्याएका थिए। तर उम्मेदवारी नै खारेज भइसकेकाले आयोगले ती मतलाई आधिकारिक रूपमा मान्यता दिएको छैन।

आधिकारिक परिणामअनुसार नेकपाका उम्मेदवार मातृका यादवले ७ हजार ४ सय २८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ६ हजार ६०५ मत ल्याएका छन्।

मुद्दा सर्वोच्च अदालतसम्म पुगेको भए पनि आयोगले कानुनी प्रक्रिया पूरा गर्दै अन्ततः यादवलाई निर्वाचित घोषणा गरेको हो।