चुनावी परिणामपछि कांग्रेस सभापति गगन थापाले राजीनामा दिने संकेत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चुनावी परिणामपछि कांग्रेस सभापति गगन थापाले राजीनामा दिने संकेत

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिने संकेत गरेका छन्।

सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँग नयाँ बानेश्वरमा भएको भेटवार्ताका क्रममा थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने भन्दै सभापतिबाट राजीनामा दिने धारणा व्यक्त गरेका हुन्।

छलफलका क्रममा थापाले कांग्रेसले निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको भन्दै नेतृत्वले जिम्मेवारी लिनु आवश्यक रहेको बताएका थिए। पार्टीको हारको जिम्मेवारी स्वीकार गर्दै पद त्याग गर्नु नै उपयुक्त हुने उनको भनाइ थियो।

‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु,’ थापाले छलफलमा भनेका थिए। तर उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनले निर्वाचन परिणामलाई केवल कुनै एक व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन्।

शर्माका अनुसार नयाँ कार्यसमिति गठन भएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनमै निर्वाचन सम्पन्न भएको अवस्थालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। यस्तो अवस्थामा आएको परिणामलाई लिएर तुरुन्तै राजीनामा दिनुभन्दा पार्टीभित्र गम्भीर समीक्षा गर्दै आगामी रणनीति तय गर्नु आवश्यक रहेको उनको धारणा छ।