जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी अलायन्सको सरकारलाई २४ घण्टे अल्टिमेटम

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न  जेनजी अलायन्सको सरकारलाई २४ घण्टे अल्टिमेटम

काठमाडौ । जेनजी अलायन्स फर मोनार्कीले जेनजी घटना छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।

अलायन्सले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले तयार पारेको प्रतिवेदन सरकारको हातमा पुगिसकेको दाबी गर्दै ढिलाइ नगरी नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरिएको हो । अलायन्सका प्रवक्ता सनातम रिजालले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतिवेदन कुनै पनि रूपमा सम्पादन, संक्षेपण वा राजनीतिक स्वार्थअनुसार परिवर्तन गरेर सार्वजनिक गरिए स्वीकार्य नहुने उल्लेख गरिएको छ।

प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्नुपर्नेमा अलायन्सले जोड दिएको छ। अलायन्सले सरकारले २४ घण्टाभित्र प्रतिवेदन सार्वजनिक नगरे वा छेडछाड गरिएको अपूर्ण संस्करण प्रस्तुत गरे देशमा थप अन्योल र अराजकता निम्तिन सक्ने चेतावनी पनि दिएको छ।