सुनचाँदीको मूल्यमा गिरावट

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुनचाँदीको मूल्यमा     गिरावट

काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घट्दै ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ। आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको थियो।

त्यस्तै चाँदी को मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ६५ रुपैयाँले घट्दै ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ५७५ रुपैयाँ रहेको थियो। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिने भएकाले आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन हुन सक्ने बताइएको छ।