समानुपातिक तर्फको मतगणनामा पनि रास्वपा अग्रस्थानमा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of समानुपातिक तर्फको मतगणनामा पनि रास्वपा अग्रस्थानमा

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ अहिलेसम्म ४४ लाख १ हजार ९३३ मत गणना भइसकेको छ।

गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुल मतको ४९.३४ प्रतिशत, अर्थात २१ लाख ७२ हजार १९ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ। त्यस्तै, नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत प्राप्त गर्दै १६.८८ प्रतिशत पाएको छ भने, नेकपा एमालेले ६ लाख ३२ हजार १६२ मतसहित १४.३६ प्रतिशत मत हासिल गरेको छ।

अर्को मुख्य दल नेपाली कम्युनिष्ट पार्टीले ६.७० प्रतिशत अर्थात २ लाख ९४ हजार ९०० मत पाएको छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.६१ प्रतिशत अर्थात १ लाख ५८ हजार ८३० मत प्राप्त गरेको छ । समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले पनि १ लाख २ हजार ६६० मत पाउँदै २.३३ प्रतिशत मत हासिल गरेको छ। यस अनुसार अहिलेसम्मको गणनामा रास्वपा स्पष्ट अग्रस्थानमा रहेको देखिएको छ।