प्रतिनिधिसभा निर्वाचनमा नेकपाको ७ सिट
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीले कुल ७ सिट जितेको छ। पार्टीले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पा क्षेत्रबाट विजय हासिल गरेको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट १० हजार २४० मतका साथ निर्वाचित भएका छन्। यस्तै नेता वर्षमान पुन रोल्पाबाट २७ हजार ४६० मतसहित विजयी भए। त्यसैगरी सल्यानबाट रमेश कुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुँदा सिन्धुपाल्चोक–२ बाट युवराज दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै जीत हात पारे।
यसैगरी रुकुम पश्चिमबाट गोपाल शर्मा २१ हजार ६०९ मतका साथ विजयी भएका छन् भने कालीकोटबाट महेन्द्र बहादुर शाहीले ११ हजार ७३९ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मतका साथ निर्वाचित भएका छन्।
हालसम्मको मतगणनाअनुसार नेकपाले अन्य कुनै क्षेत्रमा अग्रता कायम राख्न सकेको छैन।







