सुनसरी–१मा हर्क साम्पाङ विजयी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of सुनसरी–१मा हर्क साम्पाङ विजयी

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

साम्पाङले ३५,७४१ मत पाउँदै निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई करिब ८,४९२ मतले पराजित गरे। तामाङले २७,२४९ मत प्राप्त गरेकी थिइन्। यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ–१ बाट जित हासिल गरेका थिए। त्यस्तै, भोजपुर–१ मा प्रारम्भिक गणनामा पार्टीका ध्रुवराज राई अग्रस्थानमा रहेका छन्।

श्रम संस्कृति पार्टीले यस चुनावमा विभिन्न क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै आएको देखिएको छ।