मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम दोब्बर मतले विजयी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा दोब्बर बढी मतले विजयी भएका छन्।
३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतमले ३६,०३३ मत पाउँदै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरेकी छन् । उनले १४,०३८ मत मात्र प्राप्त गरिन्। तेस्रो स्थानमा नेकपा एमालेका रामेश्वर राना रहे । उनले १२,७८३ मत पाएका छन् ।
अघिल्लो निर्वाचनका विजेता रास्वपाका दीपकबहादुर सिंह छैठौं स्थानमा खुम्चिँदै ४,५७४ मतमा सिमित भए। यसैगरी, नेकपाका विजय गौतमले १०,७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १०,२०५, र श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १,०२४ मत पाएका थिए। कुल ९५,३१० मत खसेको थियो।
यो निर्वाचनले एमालेका रामेश्वर रानाको संघीय संसद प्रवेशको दोस्रो प्रयासमा ब्रेक लागेको देखाएको छ भने कांग्रेसकी महालक्ष्मी डिनाले पाँचौं पटक प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेकी छन् ।







