ट्रम्पले बेलायती प्रधानमन्त्री स्टार्मरमाथि कडा टिप्पणी , बेलायतले अमेरिकाको युद्धमा आफ्नो विमान पठाउन आवश्यक छैन

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ट्रम्पले बेलायती प्रधानमन्त्री स्टार्मरमाथि कडा टिप्पणी , बेलायतले अमेरिकाको युद्धमा आफ्नो विमान पठाउन आवश्यक छैन

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि कडा टिप्पणी गर्दै अब बेलायतले अमेरिकाको युद्धमा आफ्नो विमानवाहक जहाज पठाउन आवश्यक नरहेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै बेलायतले मध्यपूर्वमा दुईवटा विमानवाहक जहाज पठाउने योजना बनाइरहेकोमा व्यङ्ग्य गरेका छन्। उनले भने, “हामीलाई अब ती जहाजहरू चाहिँदैनन्। हामीले जितिसकेपछि युद्धमा जोडिन खोज्ने मानिसहरू हामीलाई चाहिँदैन।”

ट्रम्पको आक्रोश बेलायतले सुरुमा इरानमाथि आक्रमणका लागि आफ्ना सैन्य आधार अमेरिकालाई प्रयोग गर्न अनुमति नदिएको कारण उत्पन्न भएको हो। पछि बेलायतले ‘रक्षात्मक’ कार्यका लागि अनुमति दिए पनि ट्रम्प सन्तुष्ट देखिएका छैनन्।

अमेरिकी राष्ट्रपति स्टार्मरलाई विन्स्टन चर्चिलसँग तुलना गर्दै भन्छन्, “हामीले अहिले सामना गरिरहेको व्यक्ति विन्स्टन चर्चिल होइनन्।” यसको जवाफमा, बेलायती प्रधानमन्त्री स्टार्मरले भने कि बेलायतको राष्ट्रिय हितको आधारमा निर्णय लिनु आफ्नो कर्तव्य हो र अमेरिकासँगको ‘विशेष सम्बन्ध’ अझै कायम रहेको दाबी गरेका छन्।