सप्तरी क्षेत्र नम्बर–३ मा रास्वपाका उमेदवार अमरकान्त चौधरी विजयी, उपेन्द्र यादव पराजित
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार अमरकान्त चौधरी विजयी भएका छन् । सार्वजनिक अन्तिम मत परिणाममा ३२ हजार ८७५ मत प्राप्त गर्दै चौधरी सांसद निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार ३३९ मत ल्याए । उनीहरुबीचको मतान्तर १७ हजार ६३६ रह्यो । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार दिनेशकुमार यादवले आठ हजार ४२८ मत पाए । नेकपा (एमाले)का उमेदवार ताराकान्त चौधरी ६ हजार ७१५ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।







