ओखलढुङ्गामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ओखलढुङ्गामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित

काठमाडौ । ओखलढुङ्गा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। उनले निकै प्रतिस्पर्धात्मक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई झिनो मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्। यद्यपि निर्वाचन अधिकृतले औपचारिक रूपमा अन्तिम नतिजा घोषणा भने गर्न बाँकी रहेको बताइएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्। यसरी उनीहरूबीच केवल ५ मतको अन्तर रहेको छ, जसले ओखलढुङ्गाको प्रतिस्पर्धालाई निकै रोमाञ्चक बनाएको थियो। मतगणनाको अन्तिम चरणसम्म दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

यसैगरी तेस्रो स्थानमा नेकपाका उम्मेदवार  अम्वर बहादुर गुरुङ रहेका छन्। उनले ११ हजार २९६ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत ल्याउँदै चौथो स्थानमा सीमित बनेकी छन्।