झापा-२ मा पूर्वउपसभामुख मगर विजयी, पूर्वसभामुख घिमिरे भारी मतको अन्तरले पराजित
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा रानामगर विजयी भएकी छन्।
उनले ५२ हजार ३०६ मत प्राप्त गर्दै नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वसभामुख देवराज घिमिरेलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्। घिमिरेले ९ हजार ८०५ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार केशब कुमार भण्डारीले ६ हजार ३४७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाइले ४ हजार ९७६ मत प्राप्त गर्दै चौथो स्थानमा रहेकी छन्।
अन्तिम मतपरिणामसँगै पूर्वउपसभामुख मगरले झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदै उल्लेखनीय मतान्तरसहित जित दर्ता गरेकी हुन्।







