निर्वाचनमा पराजय भोगेपछि एमाले भित्र अध्यक्ष ओलीलाई राजीनामा दिन दबाब बढ्दै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of निर्वाचनमा पराजय भोगेपछि एमाले भित्र अध्यक्ष ओलीलाई राजीनामा दिन दबाब बढ्दै

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय भोगेपछि नेकपा (एमाले) भित्र अध्यक्ष केपी ओली माथि दबाब बढ्न थालेको छ। झापा–५ बाट उम्मेदवार रहेका ओली राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सँग ठूलो मतान्तरले पराजित भएका हुन्।

अन्तिम मतपरिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्, जसले झण्डै ५० हजार मतको फराकिलो अन्तर देखाएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै एमालेका निवर्तमान केन्द्रीय सल्लाहकार कृष्ण दाहालले ओलीलाई नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले पार्टी पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै ओलीलाई पद त्याग गर्न अपिल गरेका हुन्।

दाहालले २०६४ सालको निर्वाचनपछि तत्कालीन महासचिव माधब कुमार नेपालले पार्टी पराजयको नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिएको उदाहरण पनि स्मरण गराएका छन्। उनले सोही उदाहरण प्रस्तुत गर्दै वर्तमान परिस्थितिमा पनि नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।