ताप्लेजुङबाट नेकपा (एमाले)का उम्मेदवार क्षितिज थेबे निर्वाचित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ताप्लेजुङबाट नेकपा (एमाले)का उम्मेदवार क्षितिज थेबे निर्वाचित

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत ताप्लेजुङबाट नेकपा (एमाले)का उम्मेदवार क्षितिज थेबे निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन्।यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेलप्रसाद बुडाक्षेत्रीले ६ हजार ७७५ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गरेका छन्।अन्तिम मतपरिणामसँगै एमालेका थेबेले प्रतिस्पर्धीलाई पछि पार्दै ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।