झापा-३ मा राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्देनलाई हराउदै रास्वपाका प्रकाश पाठक विजयी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of झापा-३ मा राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्देनलाई हराउदै रास्वपाका प्रकाश पाठक विजयी

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक भारी मतान्तरसहित विजयी भएका छन्।

३७ वर्षीय पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्पष्ट रूपमा पछि पार्दै जित हासिल गरेका हुन्। लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार घिमिरे ८ हजार ९ सय ९९ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा (एमाले) का हरि बहादुर  राजवंशीले ७ हजार ४ सय ९२ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भएका छन्।

झापा–३ मा रास्वपाका पाठकले प्राप्त गरेको फराकिलो जितलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसले मतदाताहरू नयाँ राजनीतिक शक्तितर्फ आकर्षित भइरहेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ। निर्वाचन परिणामले झापाको राजनीतिक समीकरणमा पनि नयाँ सन्देश दिएको मानिएको छ ।