काभ्रेपलाञ्चोक- २ मा रास्वपाका उम्मेदवार बदन कुमार भण्डारी भारी विजयी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काभ्रेपलाञ्चोक- २ मा रास्वपाका उम्मेदवार बदन कुमार भण्डारी भारी विजयी

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन कुमार भण्डारी भारी मतान्तरसहित विजयी भएका छन्।

उनले कुल ५३ हजार ३४४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार मधु प्रसाद आचार्यलाई ३५ हजार ४७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

यस क्षेत्रमा नेकपा (एमाले) को निर्णय पनि निकै चर्चामा रह्यो। एमाले अध्यक्ष केपी ओलीले लगातार विजयी हुँदै आएका नेता गोकुल बास्कोटालाई टिकट नदिएपछि राजनीतिक तरंग पैदा भएको थियो ।

धुलिखेल नगरपालिकाका प्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका अशोक कुमार वेब्याञ्जु श्रेष्ठ भने तेस्रो स्थानमा सीमित भए। उनले जम्मा १३ हजार ९४० मत मात्र प्राप्त गरेका छन्।