हर्कराज साम्पाङले लिए अग्रता, रास्वपा उम्मेद्वार भन्दा झण्डै ४ हजार मतले अघि

User Image Prime TV News ४ हप्ता अगाडि
Image of हर्कराज साम्पाङले लिए अग्रता, रास्वपा उम्मेद्वार भन्दा झण्डै  ४ हजार मतले अघि

सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज साम्पाङले उल्लेखनीय अग्रता बनाएका छन्।

हालसम्मको मतगणनाअनुसार उनले १२ हजार ६८३ मत प्राप्त गर्दै झण्डै ४ हजार मतको अग्रता कायम गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले ८ हजार ४९८ मत प्राप्त गरेकी छन्। सरिन यसअघि २०७९ सालको निर्वाचनमा पनि जनता समाजवादी पार्टीका अशोक राइसँग पराजित भएकी थिइन्।

अन्य उम्मेदवारहरूको मतसंख्या भने तुलनात्मक रूपमा कम देखिएको छ। नेकपाका सूर्यबहादुर भट्टराईले २ हजार ८० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का टीकाराम लिम्बूले १ हजार ८४२ मत ल्याएका छन्।

नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १ हजार ३८९ मत पाएका छन्। मतगणनाको प्रारम्भिक चरणमा केही पछि देखिएका साम्पाङले पछिल्ला चरणमा मत अन्तर बढाउँदै आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेका छन्।

धरान उपमहानगरपालिकाका पूर्वमेयर समेत रहेका साम्पाङको अग्रता बढ्दै जाँदा सुनसरी–१ को चुनावी परिणाम झन् रोचक बन्दै गएको छ।