जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी
Prime TV News ४ हप्ता अगाडि 
जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन्।
शाहीले नेकपाका उमेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरेका हुन्। शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दा भण्डारीले ११ हजार ६३५ मतमा रोकिए।
कांग्रेसका उमेदवार दीपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा एमालेका उमेदवार शान्तिलाल महत चार हजार ५१८ मतसहित चौथो स्थानमा रहे।
रास्वपाकी उमेदवार विनीता कठायतले ४२१ मत मात्र प्राप्त गरिन्। सदरको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि कडायतको जमानत जफत भएको छ । कठायत यसअघि रास्वपाको समानुपातिक सांसद थिइन्।







