नुवाकोट–२ मा रास्वपाका अच्युत लामिछाने निर्वाचित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नुवाकोट–२ मा रास्वपाका अच्युत लामिछाने निर्वाचित

काठमाडौ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अच्युत लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उनले ३२ हजार ५४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्।

यस परिणामसँगै नुवाकोट–२ मा रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको छ।