बारा–४ मा रास्वपाका रहवर अन्सारीको फराकिलो जित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of बारा–४ मा रास्वपाका रहवर अन्सारीको फराकिलो जित

बारा । बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहवर अन्सारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अन्सारीले ४१ हजार २०० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णकुमार यादवले ११ हजार ६३९ मत प्राप्त गरेका छन्। अन्सारीले यादवलाई २९ हजार ५६१ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचनअघि नेकपा परित्याग गरेर रास्वपामा प्रवेश गरेका अन्सारीले नयाँ पार्टीबाट चुनाव लड्दै प्रभावशाली जित हासिल गरेका हुन्। यसैगरी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सञ्जु साह कानुले ७ हजार ५९३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

यस परिणामले बारा–४ मा रास्वपाको प्रभाव बलियो बन्दै गएको संकेत गरेको छ भने मतदाताले परम्परागत राजनीतिक दलभन्दा नयाँ विकल्प रोजेको देखिएको छ।