चितवन–२ मा रवि लामिछानेको भारी मतान्तरसहित जित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of चितवन–२ मा रवि लामिछानेको भारी मतान्तरसहित जित

चितवन । चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेल ले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन्।

यसैगरी नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याएका छन्।

यो जितसँगै लामिछाने चितवन–२ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए।

त्यसपछि नागरिकता प्रकरणका कारण पद गुमेपछि २०८० मा भएको उपनिर्वाचनमा पनि उनी पुनः उम्मेदवार बनेर विजयी भएका थिए। लगातार तेस्रो जितसँगै चितवन–२ मा लामिछानेको राजनीतिक प्रभाव अझ बलियो बनेको विश्लेषण गरिएको छ।