एमाले महासचिव पोखरेलले दिए बालेनलाई बधाई

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले महासचिव पोखरेलले दिए बालेनलाई बधाई

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा गएको बताएका हुन्। उनले जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने अपेक्षासहित मत दिएको उल्लेख गर्दै जनविश्वासअनुसार अघि बढ्न बालेनसहित विजयी प्रतिनिधिहरूलाई शुभकामना दिएका छन्।

पोखरेल दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका छन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्य विजयी भएका छन्। पोखरेलले आचार्यलाई पनि बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन्।

निर्वाचन अभियानका क्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकले ठूलो मेहनत गरेको उल्लेख गर्दै पोखरेलले उनीहरूप्रति आभार व्यक्त गरेका छन्। तर ‘परिवर्तनको लहर’ का कारण आफ्नो प्रयास सफल हुन नसकेको उनले बताएका छन्।

लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै उनले निराश नहुन र सकारात्मक सोचका साथ देश र जनताको सेवामा निरन्तर लागिरहन सबैलाई आग्रह गरेका छन्।