झापा–५ मा बालेन शाहको फराकिलो अग्रता, ओली पछि

User Image Prime TV News ४ हप्ता अगाडि
Image of झापा–५ मा बालेन शाहको फराकिलो अग्रता, ओली पछि

झापा । झापा–५ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन्। हालसम्मको मतपरिणामअनुसार शाहले ३९ हजार २८४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार २९० मत प्राप्त गरेका छन्। दुवैबीच मतान्तर निकै ठूलो देखिएको छ।

त्यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ६ हजार ३६४ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमोरियाले १ हजार ७९ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले ९४१ मत पाएका छन्।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। तर अहिलेसम्मको मतगणनाले झापा–५ मा बालेन शाहले बलियो अग्रता बनाएको देखिन्छ।