ललितपुर–२ मा रास्वपाका जगदीश खरेलको जीत

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ललितपुर–२ मा रास्वपाका जगदीश खरेलको जीत

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले कुल ११ हजार ५४७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार प्रेमकृष्ण महर्जन ले १ हजार ५२१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन ले १ हजार १३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। मत परिणामसँगै ललितपुर–२ मा रास्वपाले स्पष्ट अग्रता सहित जीत हासिल गरेको छ।