भक्तपुर–१ मा नेमकिपाको किल्ला ढल्यो, रास्वपाका रुकेश रन्जित विजयी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of भक्तपुर–१ मा नेमकिपाको किल्ला ढल्यो, रास्वपाका रुकेश रन्जित विजयी

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित विजयी भएका छन्।

यस क्षेत्रमा लामो समयदेखि प्रभाव जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलाई पछि पार्दै रन्जितले जीत हासिल गरेका हुन्।अन्तिम मतपरिणाम अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेस का उम्मेदवार किरण न्यौपाने ले ४ हजार २८२ मत प्राप्त गरेका छन्। यस परिणामसँगै भक्तपुर–१ मा नेमकिपाको लामो समयदेखिको प्रभाव तोड्दै रास्वपाले महत्वपूर्ण जित दर्ता गरेको छ।