पर्सा क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त विजयी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of पर्सा क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त विजयी

वीरगंज । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले २७ हजार २७४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनले नेकपा एमालेका उम्मेदवार प्रदीप यादव लाई १४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्। यादवले १३ हजार ३० मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेस का उम्मेदवार अनिल रुंग्टा ले ११ हजार ८८५ मत प्राप्त गरेका छन्। पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६३८ मतदाता रहेकोमा ६१ हजार ३०६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस परिणामसँगै उक्त क्षेत्रमा रास्वपाले प्रभावशाली जित हासिल गरेको छ ।