कालिकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शाही ११ हजार ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नागेन्द्र शाहीले १० हजार २२२ मत पाएका छन्।







