काठमाडौं–३ मा पराजयपछि कुलमान घिसिङले दिए राजुनाथ पाण्डेलाई बधाई
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा पराजयपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विजयी उम्मेदवारलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले उक्त क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजुनाथ पाण्डे लाई बधाई दिएका हुन्। साथै उनले आफ्नो पक्षमा मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन्।
घिसिङले आफूलाई विश्वास गरेर मत दिएका मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूले देखाएको माया र विश्वास सधैं प्रेरणाको स्रोत रहने बताएका छन्।
उनले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि क्षेत्रको समग्र विकास, सुशासन र समृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै उनले आफ्नो पार्टीका नेता–कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकले चुनावी अभियानमा दिएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। घिसिङले सबैको विश्वासले आफूलाई देश र जनताको सेवामा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको उल्लेख गरेका छन्।







