काठमाडौ– ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काठमाडौ– ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

काठमाडौ । काठमाडौँ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ पुनः निर्वाचित भएका छन्।

उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य बनेका थिए। हालको मत परिणामअनुसार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुमन सायमी ३ हजार २१७ मतसहित दोस्रो स्थानमा रहेका छन्।

यस जितसँगै रास्वपाले काठमाडौँ–८ मा आफ्नो पकड बलियो बनाएको देखिएको छ।