दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश

User Image Prime TV News ४ हप्ता अगाडि
Image of दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश

काठमाडौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश जारी गरेको छ।

न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनी हिरासतमा रहँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो। प्रसाईं हाल जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा थिए र प्रहरीले उनलाई पछिल्लो पटक भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

अदालतको आदेशपछि उनी कानुनी रूपमा थुनामुक्त भएका छन्।