गोरखा–२ मा रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले स्पष्ट अग्रता
Prime TV News ४ हप्ता अगाडि 
गोरखा । गोरखा–२ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले स्पष्ट अग्रता बनाएका छन्।
हालसम्मको गणनाअनुसार उनले ७९१ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले २२१ मत पाउँदै दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी १३७ मतसहित रहेका छन् भने नेकपा (एमाले)का मिलन गुरुङ (चक्रे मिलन) ७९ मतसहित चौथो स्थानमा छन्।
निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको प्रारम्भिक मत परिणामले रास्वपाले गोरखा–२ क्षेत्रमा आफ्नो पकड बलियो बनाएको देखाएको छ।







