काठमाडौ–६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी, औपचारिक घोषणा हुन भने बाँकी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।







