रास्वपाका उम्मेदवारहरू १०१ क्षेत्रमा अग्रता, कांग्रेस, एमाले र नेकपा आफ्ना क्षेत्रहरूमा बराबरी जस्तो अग्रतामा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपाका उम्मेदवारहरू १०१ क्षेत्रमा अग्रता, कांग्रेस, एमाले र नेकपा आफ्ना क्षेत्रहरूमा बराबरी जस्तो अग्रतामा

काठमाडौ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना अहिले पनि जारी छ।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले प्रत्येकले एक/एक सिटमा जित सुरक्षित गरिसकेका छन्।काठमाडौं-१ बाट रञ्जु दर्शना र मुस्ताङ-१ बाट योगेश गौचन थकाली निर्वाचित भएका छन्।

गणना जारी रहेको क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरू १०१ क्षेत्रमा अग्रता छन्। नेपाली कांग्रेसका १२ जना, एमालेका ११ जना र नेपाली कम्युनिस्ट पार्टीका ९ जना उम्मेदवार अग्रता लिइरहेका छन्। यसपटक रास्वपा पहिलो हुने गरी अग्रसर रहँदा परम्परागत तीन दल कांग्रेस, एमाले र नेकपा आफ्ना क्षेत्रहरूमा बराबरी जस्तो अग्रता कायम राखिरहेका छन्।

अग्रता लिएका प्रमुख उम्मेदवारहरू

कांग्रेस: ललितपुर-१: उदयशमशेर जबरा, कपिलवस्तु-३: अभिषेकप्रताप शाह, दैलेख-१: बासना थापा, प्युठान-१: डा. गोविन्दराज पोखरेल, सुर्खेत-१: विष्णुबहादुर खड्का

एमाले: बाँके-२: मोहम्मद इश्तियाक राई, रूपन्देही-४: प्रमोदकुमार यादव, तेहथुम-१: भानुभक्त ढकाल, नवलपुर-२: तिलबहादुर महत क्षेत्री, सुर्खेत-२: कुलमणि देवकोटा

नेकपा: रुकुम पूर्व-१: पुष्पकमल दाहाल प्रचण्ड, कालीकोट-१: महेन्द्रबहादुर शाही, कपिलवस्तु-२: वृजेशकुमार गुप्ता, रोल्पा-१: वर्षमान पुन, कैलाली-३: वीरमान चौधरी