हर्क साम्पाङले मतदाता सुभेच्छुकलाई धैर्य राख्न गरे आग्रह

User Image Prime TV News ४ हप्ता अगाडि
Image of हर्क साम्पाङले मतदाता सुभेच्छुकलाई धैर्य राख्न गरे आग्रह

काठमाडौ । सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार र हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म मतदातालाई धैर्य राख्न आग्रह गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत मतदातालाई लेखेका छन्, “अन्तिम समयसम्म पर्खनुस्। आत्तिनु पर्दैन। मात्तिनु नि हुँदैन। फाइनल रिजल्ट पछि कुरा गरेको राम्रो।” मत परिणाम अनुसार, साम्पाङले १५४ मत प्राप्त गरेका छन्, भने गोमा तामाङले ४६१ मत पाएका छन्। यसरी उनी ३०७ मतले पछाडि रहेका छन्।

साम्पाङले मत परिणाममा पछि भए पनि मतदातालाई धैर्य र संयम राख्न आग्रह गर्दै परिणामपछि मात्रै टिप्पणी गर्न सुझाव दिएका छन्।