सर्लाही–४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of सर्लाही–४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

काठमाडौ । सर्लाही क्षेत्र नम्बर ४ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले ठुलो अग्रता बनाएका छन्।

पछिल्लो अपडेट अनुसार, सिंहले हालसम्म २,८४७ मत प्राप्त गरेका छन्। त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १,७१४ मत प्राप्त गरेका छन्। उनीहरूबीच हाल १,१३३ मतको फरक देखिएको छ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन्, जसले ४१० मत पाएका छन्। चौथोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले १२८ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकोले अन्तिम नतिजा अझै निश्चित छैन। निर्वाचन आयोगले परिणाम घोषणा नगरेसम्म स्थिति परिवर्तन हुन सक्ने जनाइएको छ।