झापा–५ मा बालेन शाहको मतान्तर बढ्यो, अग्रता ५ हजार नाघ्यो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझ मजबुत पारेका छन्।
पछिल्लो मतपरिणाम अनुसार बालेनले अहिले ५,१२३ मतको अग्रता कायम गरेका छन्। यसअघि करिब ४ हजार मतान्तरले अगाडि रहेका बालेनले पछिल्लो अपडेटमा आफ्नो जनमत अझ विस्तार गरेका हुन्।
त्यस्तै, एमाले उम्मेदवार केपी शर्मा ओलीले १,४२८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले २१६ मत, र नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत पाएका छन् । यो मत परिणामले झापा–५ मा बालेन शाहको स्पष्ट जनसमर्थन देखाएको छ, र अन्य उम्मेदवारको तुलनामा उनको अग्रता निकै ठूलो रहेको छ।







