सल्यानमा नेकपाका उम्मेद्वार रमेश मल्लको अग्रता
Prime TV News ४ हप्ता अगाडि 
सल्यान । सल्यानमा प्रतिनिधिसभा मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार सुरुवाती परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार रमेश मल्लले अग्रता लिएका छन् ।
अहिलेसम्म भएको २५३० मतगणनामा मल्लले १०८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ललित चन्दले ५०० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेद्वार केशबहादुर विष्ट ४७२ मत पाएका छन् भने एमालेका गुलाबजंग शाहले ३१९ मत पाएका छन् ।







