इलाम–२ मा सुहाङ नेम्बाङले लिए अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of इलाम–२ मा सुहाङ नेम्बाङले लिए अग्रता

काठमाडौ । इलाम–२ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणनाको सुरुवाती परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतगणनाअनुसार सुहाङ नेम्बाङले अग्रता लिएका छन्। उनले ४९१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी सुदीप राईले ४४३ मत प्राप्त गर्दै पछ्याइरहेका छन्। त्यस्तै नेपाली कांग्रेसका भेषराज आचार्य ले २१० मत प्राप्त गरेका छन्। यसअघि २०८१ वैशाखमा भएको उपनिर्वाचनमा पनि सुहाङ नेम्बाङ यसै क्षेत्रबाट निर्वाचित भएका थिए।

हाल जारी मतगणनाको सुरुवाती चरणमै उनले अग्रता लिएसँगै इलाम–२ को प्रतिस्पर्धा रोचक बनेको छ।