काठमाडौं–३ मा रास्वपाका उम्मेद्वार राजुनाथ पाण्डेको अग्रता कायमै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काठमाडौं–३ मा रास्वपाका उम्मेद्वार राजुनाथ पाण्डेको अग्रता कायमै

काठमाडौ । काठमाडौं–३ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा राजुनाथ पाण्डेले अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले ११ हजार १३८ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी कुलमान घिसिङ ले ६ हजार ६९९ मत प्राप्त गरेका छन्। दुवैबीच हाल ४ हजार ४३९ मतको अन्तर रहेको छ। त्यस्तै नेपाली कांग्रेसका रमेश अर्याल ले ३ हजार ८९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामेश्वर फुयाल ले १ हजार ९४४ मत ल्याएका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।