१६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २ क्षेत्रको नतिजा सार्वजनिक

User Image Prime TV News ४ हप्ता अगाडि
Image of १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २ क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभरि जारी छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने ९१ क्षेत्रमा मतगणना जारी रहेको छ।

मतगणना भइरहेको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा जित हासिल गर्दै ७० क्षेत्रहरूमा अग्रता कायम गरेको छ। नेपाली कांग्रेस १ क्षेत्रमा विजयी भएको छ भने ८ क्षेत्रमा अग्रसर छ। नेपाली कम्युनिष्ट पार्टीले ५ क्षेत्रमा अग्रता बनाएको छ। नेकपा एमाले ४ क्षेत्र, राष्ट्रिय प्रजातन्त्र पार्टी १ क्षेत्र र स्वतन्त्रसहित अन्य दलहरू ३ क्षेत्रमा अग्रसर रहेका छन्।

त्यस्तै, कतिपय क्षेत्रहरूमा मतगणनाको तयारी जारी छ भने केही स्थानमा मतपेटिका संकलन कार्य अझै चलिरहेको छ।