दाङ–२ मा रास्वपाका उम्मेद्वारको अग्रता, एमाले महासचिव दोस्रो
Prime TV News ४ हप्ता अगाडि 
दाङ । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ।
हालसम्म गणना भएको ३ हजार ९१५ मतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले २ हजार ४२९ मत प्राप्त गरी स्पष्ट अग्रता कायम गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेल ५८३ मतसहित पछि परेका छन् भने नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ३८७ मत पाएका छन्।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ८२ हजार ६०० मत खसेको जानकारी छ। प्रारम्भिक परिणाम अनुसार रास्वपाका आचार्यको अग्रता दाङ-२ को राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।







