गोरखा २ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा मतगणना सुरु
Prime TV News ४ हप्ता अगाडि 
गोरखा । गोरखा २ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा मतगणना सुरु भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, सवा १ बजेदेखि मतगणना प्रक्रिया सुरु गरिएको हो। यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने, र रास्वपाका कविन्द्र बुर्लाकोटीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
२०७९ को निर्वाचनमा तत्कालीन नेकपा संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेससँग गठबन्धन गरी यो क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका थिए। यसपटकको चुनावले क्षेत्रीय राजनीतिक समीकरणमा नयाँ उतारचढाव ल्याउने अपेक्षा गरिएको छ।













